• भदौ ८, २०८२
  • No Comment
  • 157

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिने तयारी

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने तयारी गरेको छ। यसका लागि विभागले नेपाल टेलिकमसँग सहकार्यमा ‘भ्वाइस कल’ सेवा सुरु गर्न लागेको हो।

हालसम्म विभागले बाढीको सम्भावित खतरा देखिएमा एसएमएसमार्फत सूचना पठाउँदै आएको थियो। तर, सबैले सन्देश पढ्न नसक्ने वा थाहा नपाउने भएकाले अबदेखि फोनमार्फत सन्देश सुनाइनेछ। विभागका बाढीविद् विनोद पराजुलीका अनुसार यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’ सेवा सुरु गरिनेछ।

उनका अनुसार बाढीसम्बन्धी पूर्वसूचना प्रभावकारी बनेपछि पछिल्ला वर्षहरूमा धनजनको क्षति न्यून हुन थालेको छ। तर, अझ प्रभावकारी बनाउन पूर्वतयारी र लगानी आवश्यक रहेको उनले बताए। तराईमा बढी प्रयोगमा आएको पूर्वसूचना प्रणाली अब पहाड र हिमाली क्षेत्रमा पनि विस्तार गर्नुपर्ने उनको भनाइ छ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले समेत जलवायु परिवर्तनका कारण तराई मात्र नभई हिमाल र पहाडमा समेत बाढीको जोखिम बढेको बताए। उनका अनुसार हिमताल फुट्ने सम्भावनासहित अकस्मात् बाढी आउन सक्ने भएकाले त्यस्ता क्षेत्रमा पनि पूर्वसूचना प्रणाली जडान गर्न आवश्यक छ।

विशेषज्ञहरूले एसएमएससँगै भ्वाइस कल प्रयोग भएमा बाढीसम्बन्धी सूचना अझ धेरै सर्वसाधारणसम्म समयमै पुग्ने र क्षति न्यूनीकरणमा मद्दत पुग्ने बताएका छन्।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *