ताप्लेजुङ — ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष तथा एमाले नेता टेकिन्द्र सेन्दाङमाथि अज्ञात समूहले शनिबार बेलुकी सांघातिक आक्रमण गरेको छ।
पार्टीको जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गर्दा तोक्मेडाँडा क्षेत्रमा उनीमाथि आक्रमण भएको हो। एमालेले पाँचदेखि सात जनाको समूहले सेन्दाङमाथि हतियारसहित आक्रमण गरेको जनाएको छ।
गम्भीर घाइते भएका सेन्दाङलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ।
काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…