• भदौ ८, २०८२
  • No Comment
  • 178

रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

रौतहट — रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा आइतबार बिहान सुटकेसभित्र एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक रुद्र कडेलका अनुसार शव माधवनारायण–६ की २६ वर्षीया रुबिकुमारीको हो। शनिबार राति नै सडकमा बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेस देखिए पनि प्रहरीको शंका लागेकाले तत्काल नखोली आइतबार बिहान खोल्दा शव भेटिएको हो।

प्रहरीले मृतकको सनाखत भइसकेको र आफन्तहरूले पुष्टि गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक कडेलले बताए।

प्रहरीले राति आसपासको क्षेत्रको सीसीटीभी फुटेज समेत संकलन गरी शव कसले ल्याएको भन्नेबारे अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *