• साउन २९, २०८२
  • No Comment
  • 124

मुगुमा बालविवाह कायमै, २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दो

मुगु — नेपाल सरकारको कानुनअनुसार २० वर्षपछि मात्र विवाह गर्न मिल्ने प्रावधान रहे पनि मुगुमा बालविवाह रोकिएको छैन। २० वर्ष नपुग्दै विवाह गरी आमा बन्ने किशोरीको संख्या वर्षेनी बढिरहेको जिल्ला अस्पतालको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष ०८१/०८२ मा जिल्ला अस्पतालमा सुरक्षित सुत्केरी हुनेमध्ये ४५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन्। सो अवधिमा २ सय २९ जनाले सुरक्षित प्रसूति गराएका थिए। यस्तै, सुरक्षित गर्भपतन गराउनेमा पनि २० वर्ष मुनिका किशोरीको संख्या उच्च रहेको छ। उक्त वर्षमा मात्र ६४ जनाले अस्पतालमा गर्भपतन गराएका थिए, साथै जिल्लामा रहेका मेरिस्टोप सेन्टरमार्फत पनि गर्भपतन गराइएको छ।

बालविवाहको प्रमुख कारणमा अशिक्षा, गरिबी, जनचेतनाको कमी, सामाजिक प्रचलन र सामाजिक सञ्जालको दुरुपयोग रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। जिल्ला अस्पताल मुगुकी नर्सिङ अधिकृत यमुना केसीका अनुसार पछिल्ला वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुने वा गर्भपतन गराउनेमध्ये सबैभन्दा धेरै २० वर्ष मुनिका किशोरी नै रहेका छन्।

सोरु गाउँपालिका–५ की झुपा बिष्टले किशोरी अवस्थामा विवाह र गर्भावस्था हुँदा स्वास्थ्य जोखिम बढ्ने र बालविवाह घट्नुको साटो बढिरहेको भन्दै यसको न्यूनिकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन्।

हाल मुगुका चारै स्थानीय तहमा महिला तथा बालबालिका शाखा रहेका छन् भने जिल्लास्थित १० वटा गैरसरकारी संस्थाका छाता संगठनहरूले बालविवाह विरुद्ध साझा अभियान सञ्चालन गरिरहेका छन्। तर, यी निकायले बालविवाह न्यूनिकरणका लागि प्रभावकारी कानुनी प्रक्रिया लागू गर्न नसकेको सरोकारवालाहरूको आरोप छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *