• साउन २९, २०८२
  • No Comment
  • 62

मुगुमा बालविवाह कायमै, २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दो

मुगु — नेपाल सरकारको कानुनअनुसार २० वर्षपछि मात्र विवाह गर्न मिल्ने प्रावधान रहे पनि मुगुमा बालविवाह रोकिएको छैन। २० वर्ष नपुग्दै विवाह गरी आमा बन्ने किशोरीको संख्या वर्षेनी बढिरहेको जिल्ला अस्पतालको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष ०८१/०८२ मा जिल्ला अस्पतालमा सुरक्षित सुत्केरी हुनेमध्ये ४५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन्। सो अवधिमा २ सय २९ जनाले सुरक्षित प्रसूति गराएका थिए। यस्तै, सुरक्षित गर्भपतन गराउनेमा पनि २० वर्ष मुनिका किशोरीको संख्या उच्च रहेको छ। उक्त वर्षमा मात्र ६४ जनाले अस्पतालमा गर्भपतन गराएका थिए, साथै जिल्लामा रहेका मेरिस्टोप सेन्टरमार्फत पनि गर्भपतन गराइएको छ।

बालविवाहको प्रमुख कारणमा अशिक्षा, गरिबी, जनचेतनाको कमी, सामाजिक प्रचलन र सामाजिक सञ्जालको दुरुपयोग रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। जिल्ला अस्पताल मुगुकी नर्सिङ अधिकृत यमुना केसीका अनुसार पछिल्ला वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुने वा गर्भपतन गराउनेमध्ये सबैभन्दा धेरै २० वर्ष मुनिका किशोरी नै रहेका छन्।

सोरु गाउँपालिका–५ की झुपा बिष्टले किशोरी अवस्थामा विवाह र गर्भावस्था हुँदा स्वास्थ्य जोखिम बढ्ने र बालविवाह घट्नुको साटो बढिरहेको भन्दै यसको न्यूनिकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन्।

हाल मुगुका चारै स्थानीय तहमा महिला तथा बालबालिका शाखा रहेका छन् भने जिल्लास्थित १० वटा गैरसरकारी संस्थाका छाता संगठनहरूले बालविवाह विरुद्ध साझा अभियान सञ्चालन गरिरहेका छन्। तर, यी निकायले बालविवाह न्यूनिकरणका लागि प्रभावकारी कानुनी प्रक्रिया लागू गर्न नसकेको सरोकारवालाहरूको आरोप छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *