• साउन २८, २०८२
  • No Comment
  • 170

मुगुमा पत्रकारिताको जागरण: प्रेस युनियनले थाल्यो विशेष सदस्यता अभियान

मुगु । मुगु जिल्लाको पत्रकारिता क्षेत्रमा नयाँ ऊर्जा थप्ने उद्देश्यका साथ नेपाल प्रेस युनियन, मुगु शाखाले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणका लागि १०० दिने विशेष अभियान सुरु गरेको छ। यो अभियान प्रेस युनियनको केन्द्रीय समितिले देशव्यापी रूपमा साउन १५ देखि कात्तिक २१ गतेसम्म सञ्चालन गरेको राष्ट्रिय कार्यक्रमकै एक हिस्सा हो। सोमबार एक कार्यक्रमबीच मुगुमा यस अभियानको औपचारिक सुरुवात गरिएको हो, जसले जिल्लाका क्रियाशील पत्रकारहरूलाई एउटै छातामुनि गोलबद्ध गर्ने लक्ष्य राखेको छ।

शाखाका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार, यो अभियान केवल सदस्यता बढाउन मात्र केन्द्रित छैन, बरु संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने, जिल्लाका सबै पत्रकारहरूको पहिचान स्थापित गर्ने र उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य पनि छ। उहाँले अभियानमार्फत नयाँ पत्रकारहरूलाई स्वागत गर्दै पुराना सदस्यहरूको नवीकरण गरिने बताउनुभयो। साथै, अध्यक्ष रोकायाले आगामी दिनमा युनियनले पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि, पेसागत सुरक्षा र अधिकारको रक्षाका लागि अझ बढी जिम्मेवार भएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

 

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *