• साउन २७, २०८२
  • No Comment
  • 234

विकास बजेटमा व्यक्तिगत दाबी नगर्नुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गाउँमा आउने विकास बजेटलाई व्यक्तिगत उपलब्धि जस्तो देखाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।

मंगलबार चौकुने गाउँपालिका–६ मा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले भने, “संघीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो, यो कसैको व्यक्तिगत सम्पत्ति होइन।” उनका अनुसार “मै ल्याएको हो”, “मेरो योजना हो” भन्ने दाबी गर्ने र जनताले त्यस्तो विश्वास गर्ने संस्कार विकासका लागि घातक बनेको छ।

मुख्यमन्त्री कँडेलले योजना पार्ने बेला सबै सक्रिय देखिने तर योजना स्वीकृत भएपछि बेवास्ता गर्ने प्रवृत्तिले विकासको गति सुस्त भएको बताए। “हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके मात्रै आयोजना दिगो हुन्छ,” उनले जोड दिए।

भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसअघि मुख्यमन्त्री कँडेलले निर्माणाधीन लखरपाटा–खम्बागाडे–मुरमुरी–जामु–सुनकाँडा सडकको निरीक्षणसमेत गरे। उनले ठेकेदारलाई समयमै काम सम्पन्न गर्न र स्थानीयलाई सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न आग्रह गरेका छन ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *