• साउन २६, २०८२
  • No Comment
  • 78

हुम्लामा अविरल वर्षाको कहर: विद्यालय भवन भत्किँदा १५० बालबालिका खुला चौरमा पढ्न बाध्य

हुम्लाको सर्केगाड गाउँपालिकामा अविरल वर्षाका कारण विद्यालय भवन भत्किँदा डेढ सय बालबालिकाको पढाइ प्रभावित भएको छ। एक महिनादेखिको लगातारको झरीले गाउँपालिकाको वडा नं. ७ स्थित कोट डाँडा आधारभुत विद्यालयको भवन भत्काएपछि विद्यार्थीहरू खुला चौरमा बसेर पढ्न बाध्य भएका हुन्।

गत साउन १९ गते रातिको भीषण वर्षाले विद्यालयको दुईतले ६ कोठे भवन पूर्ण रूपमा ध्वस्त बनाएको थियो। यो भवन पहिले कोट माध्यमिक विद्यालयको थियो, तर मावि नयाँ भवनमा सरेपछि प्राथमिक तहका कक्षा १ देखि ५ सम्मका बालबालिकाका लागि प्रयोग हुँदै आएको थियो। स्थानीय ओम प्रसाद जैसीका अनुसार, भवन भत्किएपछि करिब एक हप्तादेखि १५० जना विद्यार्थीको पठनपाठन खुला आकाशमुनि चौरमा सञ्चालन भइरहेको छ। वर्षाले विद्यालय भवनसँगै भित्र रहेका डेस्क, बेन्च, कार्पेट र खेलकुदका सामग्रीमा पनि क्षति पुर्‍याएको छ। क्षतिको विवरणसहित प्रहरी मुचुल्का तयार भइसकेको छ भने स्थानीयहरूले विद्यालय पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग पहल गरिरहेका छन्।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *