• साउन २६, २०८२
  • No Comment
  • 180

हुम्लामा अविरल वर्षाको कहर: विद्यालय भवन भत्किँदा १५० बालबालिका खुला चौरमा पढ्न बाध्य

हुम्लाको सर्केगाड गाउँपालिकामा अविरल वर्षाका कारण विद्यालय भवन भत्किँदा डेढ सय बालबालिकाको पढाइ प्रभावित भएको छ। एक महिनादेखिको लगातारको झरीले गाउँपालिकाको वडा नं. ७ स्थित कोट डाँडा आधारभुत विद्यालयको भवन भत्काएपछि विद्यार्थीहरू खुला चौरमा बसेर पढ्न बाध्य भएका हुन्।

गत साउन १९ गते रातिको भीषण वर्षाले विद्यालयको दुईतले ६ कोठे भवन पूर्ण रूपमा ध्वस्त बनाएको थियो। यो भवन पहिले कोट माध्यमिक विद्यालयको थियो, तर मावि नयाँ भवनमा सरेपछि प्राथमिक तहका कक्षा १ देखि ५ सम्मका बालबालिकाका लागि प्रयोग हुँदै आएको थियो। स्थानीय ओम प्रसाद जैसीका अनुसार, भवन भत्किएपछि करिब एक हप्तादेखि १५० जना विद्यार्थीको पठनपाठन खुला आकाशमुनि चौरमा सञ्चालन भइरहेको छ। वर्षाले विद्यालय भवनसँगै भित्र रहेका डेस्क, बेन्च, कार्पेट र खेलकुदका सामग्रीमा पनि क्षति पुर्‍याएको छ। क्षतिको विवरणसहित प्रहरी मुचुल्का तयार भइसकेको छ भने स्थानीयहरूले विद्यालय पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग पहल गरिरहेका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *