• साउन २१, २०८२
  • No Comment
  • 161

आजकाे माैसम : देशभर बदली र वर्षाको सम्भावना 

साउन २१  — देशभर मनसुनी वायु सक्रिय रहँदा अधिकांश स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकाले आगामी २४ घण्टासम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले बुलेटिनमा विशेष गरी कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा पूर्ण बदली देखिएको छ भने मधेसलगायतका विभिन्न भागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य क्षेत्रमा पनि छिटफुट वर्षा हुन सक्ने देखिएको छ। यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहनेछ। कोशी र मधेस प्रदेशका केही ठाउँमा, साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा पनि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो र भूक्षयको जोखिम देखिन सक्ने तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई चनाखो रहन सुझाव दिइएको छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *