• साउन २०, २०८२
  • No Comment
  • 163

एमाले राजनीतिको मुख्य केन्द्र भागमा : मुख्यमन्त्री कडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेकपा एमाले राजनीतिको मुख्य केन्द्रमा रहेको बताएका छन् । वर्तमान राजनीतिक अवस्थामा नेकपा एमालेको जिम्मेवारी झनै बढेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।

नेकपा एमाले लिने निर्णयहरूले सङ्गठनभित्र मात्र नभई देशको समग्र राजनीतिक अवस्थामा प्रभाव पार्ने मुख्यमन्त्री कँडेलको भनाई थियो । आज नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको छैटौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले हामी अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा छौँ, शासनसत्ताको नेतृत्वमा छौँ ।

हाम्रो निर्णयले अब देशको राजनीति, समाज र शासन प्रणालीमा प्रत्यक्ष असर पार्छ त्यस कारण जनतालाई केन्द्रमा राखेर निर्णय गर्नु पर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो । मुख्यमन्त्री कँडेलले एमालेको विधान महाधिवेशनलाई सबै दलले चासोका साथ हेरेको उल्लेख गरे ।

बैठकमा पार्टीको आसन्न विधान महाधिवेशन, साङ्गठनिक सुदृढीकरण, सदस्यता नवीकरण लगाएतका विषयमा छलफल गरिएको थियो । बैठक नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाहको अध्यक्षतामा सम्पन्न भएको थियो भने बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यहरू राजबहादुर बूढा, मिना सिंह रखाल, दल रावल, मोहनमाया ढकाल, दक्षिणा शाही, प्रदेश कमिटी सदस्यहरू तथा कर्णालीका दशै वटै जिल्लाका जिल्ला अध्यक्षहरूको उपस्थिति थियो ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *