• साउन ९, २०८२
  • No Comment
  • 104

सुर्खेतबाट ३.७ ग्राम ब्राउनसुगरसहित ३ जना पक्राउ

सुर्खेत ।  सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका-९, लाटीकोईलीबाट सोमबार साँझ उनीहरूलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कारबाही गरेको हो। प्रहरीका अनुसार, लाटीकोईलीको मिलनटोलमा शंकास्पद अवस्थामा भेटिएका व्यक्तिमाथि सोधपुछ र खानतलासी गर्दा लागुऔषध बरामद भएको थियो।

पक्राउ पर्ने मुख्य व्यक्ति अछामको कमलबजार नगरपालिका-८ घर भई हाल वीरेन्द्रनगर-९ लाटीकोईलीमा डेरा गरी बस्ने २५ वर्षीय आर्यन शाह रहेका छन्। प्रहरीले उनको शरीर र डेरा कोठामा खानतलासी गर्दा उक्त परिमाणको ब्राउनसुगर बरामद गरेको हो।

पक्राउ परेका शाह र उनीसँगै पक्राउ परेका अन्य दुई जनालाई नियन्त्रणमा लिई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *