• साउन ९, २०८२
  • No Comment
  • 165

सुर्खेतबाट ३.७ ग्राम ब्राउनसुगरसहित ३ जना पक्राउ

सुर्खेत ।  सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका-९, लाटीकोईलीबाट सोमबार साँझ उनीहरूलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कारबाही गरेको हो। प्रहरीका अनुसार, लाटीकोईलीको मिलनटोलमा शंकास्पद अवस्थामा भेटिएका व्यक्तिमाथि सोधपुछ र खानतलासी गर्दा लागुऔषध बरामद भएको थियो।

पक्राउ पर्ने मुख्य व्यक्ति अछामको कमलबजार नगरपालिका-८ घर भई हाल वीरेन्द्रनगर-९ लाटीकोईलीमा डेरा गरी बस्ने २५ वर्षीय आर्यन शाह रहेका छन्। प्रहरीले उनको शरीर र डेरा कोठामा खानतलासी गर्दा उक्त परिमाणको ब्राउनसुगर बरामद गरेको हो।

पक्राउ परेका शाह र उनीसँगै पक्राउ परेका अन्य दुई जनालाई नियन्त्रणमा लिई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *