• साउन ४, २०८२
  • No Comment
  • 80

लगातार वर्षाले जाजरकोटमा यातायात अवरुद्ध, सर्वसाधारणलाई सास्ती

जाजरकोट, असार ४ — जाजरकोट जिल्लामा विगत  अाजदेखि परेको लगातार वर्षाले सडकहरू चिप्लो र जोखिमपूर्ण बनेका छन्, जसका कारण यातायात आवतजावतमा अत्यधिक कठिनाइ भएको छ।

जिल्लाका प्रमुख सडकखण्डहरूमा हिलो, पहिरो र पानी जमेर सवारी साधन चलाउन मुस्किल परेको स्थानीयवासीले बताएका छन्। विशेषगरी ग्रामीण सडकहरू पूर्णरूपमा अवरुद्ध हुँदा सर्वसाधारणलाई हिँडडुल गर्न समेत समस्या भएको छ।

यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।

स्थानीय प्रशासनले जोखिम क्षेत्रहरूमा सतर्कता अपनाउन र सम्भव भएसम्म यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

 

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *