• साउन ४, २०८२
  • No Comment
  • 136

पर्वतमा पहिरोले घर पुरिँदा एकको मृत्यु, एकजना अझै बेपत्ता

पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक दम्पतीमध्ये श्रीमानको मृत्यु भएको छ भने श्रीमती अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार स्थानीय ७८ वर्षीय छविलाल विश्वकर्माको शव स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा पुरिएको अवस्थामा फेला परेको हो। उनकी ७५ वर्षीया श्रीमती विष्णुमती विश्वकर्मा पहिरोले पुरिएपछि बेपत्ता भएकी छन्। हाल डिमुवा र कुश्माबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउँदै खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

डीएसपी विष्टका अनुसार अविरल वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। गए रातिदेखि परेको भारी वर्षाले आज बिहान घरमाथिबाट खसेको पहिरोले उनीहरूको घर पुरिएको थियो। घटनाका बेला घरमा रहेका दम्पती पहिरोमा परेका थिए भने उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने भागेर ज्यान जोगाउन सफल भएकी छिन्।

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *