• असार २९, २०८२
  • No Comment
  • 162

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ घाइते, ३ जनाकाे अवस्था गम्भीर

 कपिलवस्तु – काठमाडौँबाट दाङतर्फ गइरहेको यात्रुबाहक बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटनामा पर्दा २९ जना यात्रु घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका–९ वेलनदीमा बिहान ४ बजे लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस आफैं अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिएको हो।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार बस पल्टिँदा सवार यात्रुहरू घाइते भएका थिए। दुर्घटनापछि प्रहरी र ट्राफिक टोली तुरुन्तै घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

हाल दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बसमा सवार अधिकांश यात्रु दाङतर्फ गइरहेका थिए।

सम्बन्धित खबर

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *