• असार १५, २०८२
  • No Comment
  • 130

बोसो घटाउने र एब्स बनाउने असरदार उपाय : चतुरङ्ग दण्डासन

 शरीरको बोसो घटाउने र एब्स बनाउने सपना देख्नेहरूका लागि चतुरङ्ग दण्डासन एक प्रभावकारी उपाय सावित हुँदै आएको छ। योगको यो आधुनिक स्वरूपले न केवल शरीरलाई सन्तुलित बनाउँछ, तर मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।

चतुरङ्ग दण्डासन पुशअपको शैलीमा गरिने एक योग आसन हो, जसमा शरीरलाई सिधा रेखामा राखिन्छ र सम्पूर्ण तौल हात र खुट्टाको औंलामा केन्द्रित गरिन्छ। यसले हात, काँध र पेट वरपरका मांसपेशीलाई सक्रिय बनाउँछ, जसले बोसो घटाउन र मांसपेशीलाई टोन गर्न मद्दत गर्दछ।

पेटको बोसो हटाउन प्रभावकारी

दैनिक रूपमा यो आसनको अभ्यास गर्दा पेटको बोसो बिस्तारै घट्न थाल्छ। साथै, कब्जियत, ग्यास तथा अपचजस्ता पेट सम्बन्धी समस्यामा पनि राहत मिल्ने बताइन्छ। नियमित अभ्यासले पेटको मांसपेशीलाई कडा बनाउँछ, जसले गर्दा शरीर सुडौल देखिन थाल्छ।

मानसिक स्वास्थ्यमा पनि फाइदा

बीकेएस अय्यंगरको प्रसिद्ध पुस्तक ‘लाइट अन योगा’ मा चतुरङ्ग दण्डासनको विस्तृत वर्णन गरिएको छ। योग विशेषज्ञहरूका अनुसार, यो आसन गर्दा सास फेर्नमा ध्यान दिनु अत्यावश्यक हुन्छ, जसले मानसिक स्पष्टता बढाउँछ र तनाव तथा डिप्रेसन हटाउन सघाउँछ।

तौल घटाउन चाहनेका लागि उपयुक्त

तौल घटाउने चाहना राख्नेहरूका लागि यो आसन अति उपयोगी मानिन्छ। यसले शरीरको अतिरिक्त बोसो हटाउनुका साथै रक्तसञ्चार सुधार गर्न सघाउँछ, विशेषतः खुट्टा र शरीरको तल्लो भागमा। यसले थकान र सुस्ती कम गर्न पनि भूमिका खेल्दछ।

चतुरङ्ग दण्डासन कसरी गर्ने ?

यो आसन गर्नको लागि सर्वप्रथम पेटको बलमा योगा म्याटमा सुत्नुपर्छ। त्यसपछि हातहरू काँधभन्दा अलिक अगाडि राखेर, खुट्टाका औंलालाई भुइँमा टेकेर शरीरलाई उठाउनुपर्छ। कुहिनालाई ९० डिग्रीको कोणमा मोड्दै शरीरलाई सिधा रेखामा ल्याउने अभ्यास गर्नुपर्छ। सुरुमा १०–२० सेकेन्डसम्म आसनमा रहनु उपयुक्त हुन्छ भने समयसँगै अवधि बढाउँदै लैजान सकिन्छ।

योग प्रशिक्षकहरू भन्छन् – “चतुरङ्ग दण्डासन केवल शारीरिक सौन्दर्यका लागि मात्र होइन, सम्पूर्ण शरीर र मनलाई स्वस्थ राख्ने एक समग्र उपाय हो।”

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *