- असार १४, २०८२
- No Comment
- 98
रुकुम पश्चिममा गम्भीर अवस्था कि गर्भवतीको हेलिकप्टरद्धारा उद्धार
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई आज दिउँसो स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए। उनका अनुसार नन्दकलाको पाठेघरको नली ९फालोपियन ट्युव० मा गर्भ बसेको थियो। बच्चा हुर्कँदै जाँदा नली फुटेर आन्तरिक रक्तस्राव भई अवस्था गम्भीर बनेको थियो।
बिहानै जिल्ला अस्पताल रुकुम पश्चिममा भर्ना गरिएकी नन्दकलाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा। महेश चौलागाईंले जानकारी दिए। यद्यपि, उनलाई थप सघन उपचार आवश्यक परेकाले सुर्खेत रिफर गरिएको हो।
अस्पताल स्रोतका अनुसार हाल नन्दकलाको स्वास्थ्य स्थिति खतरामुक्त भए पनि चिकित्सकको निगरानीमा राखिएको छ।