- असार १२, २०८२
- No Comment
- 188
सासू आमाको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

तानसेन — सासू आमाको हत्या गरेर २१ वर्षदेखि फरार रहेका एक अभियुक्त अन्ततः पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाले पूर्वखोला गाउँपालिका–१ गुनडाँडाका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले २०६१ साल असार १९ गते आफ्नै सासू ५५ वर्षीया चिनिसरा सार्कीको हत्या गरेका थिए। घटनापछि फरार रहेका उनलाई अदालतले समेत दोषी ठहर गरिसकेको थियो। उनी लामो समयसम्म भारतमा लुकीछिपी बस्दै आएका थिए।
पाल्पा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका सार्कीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।



