• असार ११, २०८२
  • No Comment
  • 126

 असार १५ मा कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा, जुम्लामा भने कार्यालय खुल्ने

सुर्खेत । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । आगामी आइतबार, असार १५ गते जुम्लाबाहेक प्रदेशका अन्य सबै जिल्लामा सार्वजनिक बिदा हुने भएको  छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, प्रदेश मन्त्रिपरिषद्को २०८१ चैत्र १७ गतेको निर्णयअनुसार उक्त बिदा स्वीकृत गरिएको हो । मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले एक सूचना जारी गर्दै जुम्लाबाहेकका जिल्लाका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा लागू हुने जानकारी दिनुभयो ।

जुम्लामा भने मौसम र खेती प्रणालीको विशिष्टताका कारण पहिले नै धान दिवस मनाइएको थियो । जिल्लामा गत चैत्र १२ गते आइतबार नै धान दिवस मनाइएको र सोही दिन सार्वजनिक बिदा दिइएकोले असार १५ मा बिदा नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

यस निर्णयसँगै असार १५ गते आइतबार कर्णालीका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट र मुगु जिल्लामा सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरू बन्द रहनेछन् ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *