• असार ११, २०८२
  • No Comment
  • 188

गृहमन्त्री लेखकद्वारा प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पेस गर्न आग्रह

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानून संशोधनका लागि तयार गरिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेस गर्न अनुकूल वातावरण बनाउन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले सम्भव भएसम्म समितिबाट विधेयक पारित गरी संसदमा प्रस्तुत गर्न सहयोग गर्न आग्रह गरे।

‘समितिमा आजबाट नेपाल प्रहरीसम्बन्धी कानून संशोधनका लागि बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरेका छौं  गृहमन्त्री लेखकले भने ‘२०७० सालपछि पहिलो पटक प्रहरीसम्बन्धी कानून बनाउन लागिएको हो। यो गृह मन्त्रालयको उच्च प्राथमिकताको विषय हो। छलफलका लागि जति समय चाहिन्छ, दिन तयार छौं साथै  उनले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई पनि चाँडो टुंग्याउन समितिलाई आग्रह गरे।

‘गृह मन्त्रालय अन्तर्गत अन्य केही विधेयकहरू पनि पाइपलाइनमा छन्  उनले भने, ‘यी विधेयकहरूलाई प्राथमिकतामा राखी ध्यान दिएकोमा समितिका माननीय सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु।’


सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *