• असार ११, २०८२
  • No Comment
  • 14

गृहमन्त्री लेखकद्वारा प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पेस गर्न आग्रह

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानून संशोधनका लागि तयार गरिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेस गर्न अनुकूल वातावरण बनाउन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले सम्भव भएसम्म समितिबाट विधेयक पारित गरी संसदमा प्रस्तुत गर्न सहयोग गर्न आग्रह गरे।

‘समितिमा आजबाट नेपाल प्रहरीसम्बन्धी कानून संशोधनका लागि बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरेका छौं  गृहमन्त्री लेखकले भने ‘२०७० सालपछि पहिलो पटक प्रहरीसम्बन्धी कानून बनाउन लागिएको हो। यो गृह मन्त्रालयको उच्च प्राथमिकताको विषय हो। छलफलका लागि जति समय चाहिन्छ, दिन तयार छौं साथै  उनले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई पनि चाँडो टुंग्याउन समितिलाई आग्रह गरे।

‘गृह मन्त्रालय अन्तर्गत अन्य केही विधेयकहरू पनि पाइपलाइनमा छन्  उनले भने, ‘यी विधेयकहरूलाई प्राथमिकतामा राखी ध्यान दिएकोमा समितिका माननीय सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु।’


सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *