• असार १०, २०८२
  • No Comment
  • 158

सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-८ गौरीशंकर टोलका ४८ वर्षीय श्याम कुमार श्रेष्ठ रहेका छन्।

गौरीशंकर टोलमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले श्रेष्ठलाई मंगलबार साँझ उनकै घरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, श्रेष्ठको घरमा खानतलासी गर्दा १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।

पक्राउ परेका श्रेष्ठलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतमा लागुऔषधसम्बन्धी अपराध तीन वर्षयतादेखि घट्दो क्रममा

सुर्खेतमा लागुऔषधसम्बन्धी अपराध तीन वर्षयतादेखि घट्दो क्रममा

सुर्खेत — सुर्खेतमा पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले लागुऔषधसम्बन्धी अपराधको घटनालाइ घटदो क्रममा देखाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको त्रिवर्षीय…
सुर्खेत प्रहरीको ठूलो सफलता, नक्कली नोट र अफिमको ठूलो सञ्जाल ध्वस्त, मिडिया सञ्चालकसहित ५ जना पक्राउ

सुर्खेत प्रहरीको ठूलो सफलता, नक्कली नोट र अफिमको ठूलो…

प्रहरीले विभिन्न जिल्लामा सञ्जाल फैलाएर नक्कली नोटको कारोबार र लागुऔषध अफिमको तस्करीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ । सुर्खेत,…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *