• असार १०, २०८२
  • No Comment
  • 14

इजरायली आक्रमणबाट इरानमा आणविक वैज्ञानिकसहित ९ जनाको मृत्यु

काठमाडौं : उत्तर इरानको गिलान प्रान्तस्थित अस्ताने–ए–अशरफियेह शहरमा भएको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। ३३ जना घाइते भएका छन्। आक्रमणमा चारवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।

गिलान प्रान्तको गभर्नर कार्यालयले उक्त आक्रमणलाई “आतंकवादी हमला” को संज्ञा दिँदै त्यसको ठूलो निन्दा गरेको छ।

इरानी सञ्चारमाध्यमहरूले इजरायलले यो आक्रमण गराएको दाबी गरेका छन्। गिलानका उप-गभर्नरले मृत्यु तथा घाइते हुनेहरूमध्ये १६ जना महिला तथा बालबालिका रहेको जानकारी दिएका छन्।

केही मिडिया रिपोर्टहरूमा उल्लेख भएअनुसार मारिनेहरूमध्ये एकजना इरानी आणविक वैज्ञानिक मोहम्मद रेजा सिद्दिकी पनि रहेका छन्।

यसैबीच, इजरायली सेनाले पनि गएराति एक वरिष्ठ इरानी आणविक वैज्ञानिकको हत्या गरिएको पुष्टि गरेको छ।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *