• असार १०, २०८२
  • No Comment
  • 182

इजरायली आक्रमणबाट इरानमा आणविक वैज्ञानिकसहित ९ जनाको मृत्यु

काठमाडौं : उत्तर इरानको गिलान प्रान्तस्थित अस्ताने–ए–अशरफियेह शहरमा भएको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। ३३ जना घाइते भएका छन्। आक्रमणमा चारवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।

गिलान प्रान्तको गभर्नर कार्यालयले उक्त आक्रमणलाई “आतंकवादी हमला” को संज्ञा दिँदै त्यसको ठूलो निन्दा गरेको छ।

इरानी सञ्चारमाध्यमहरूले इजरायलले यो आक्रमण गराएको दाबी गरेका छन्। गिलानका उप-गभर्नरले मृत्यु तथा घाइते हुनेहरूमध्ये १६ जना महिला तथा बालबालिका रहेको जानकारी दिएका छन्।

केही मिडिया रिपोर्टहरूमा उल्लेख भएअनुसार मारिनेहरूमध्ये एकजना इरानी आणविक वैज्ञानिक मोहम्मद रेजा सिद्दिकी पनि रहेका छन्।

यसैबीच, इजरायली सेनाले पनि गएराति एक वरिष्ठ इरानी आणविक वैज्ञानिकको हत्या गरिएको पुष्टि गरेको छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *