• असार ९, २०८२
  • No Comment
  • 19

प्रचण्डसँगकाे भेट, कर्णाली विकास अभियानबारे जानकारी

 कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको माग गर्दै सुर्खेतबाट पदयात्रा सुरू गरेका नवराज बोहोरा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

करिब एक महिनाको लामो पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका बोहोराले अध्यक्ष प्रचण्डलाई कर्णाली क्षेत्रको पछाडि परेको अवस्था, विकासमा भइरहेको ढिलाइ, वातावरणीय संकट, अनियमितता र भ्रष्टाचारविरुद्ध सञ्चालित जनचेतनामूलक अभियानबारे जानकारी गराए।

बोहोराको पहललाई सकारात्मक रूपमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले उक्त अभियान माओवादी केन्द्रको मूल विचार र उद्देश्यसँग मेल खाने बताए। उनले आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि थुप्रै पहलहरू गरिएको उल्लेख गर्दै बोहोराको अभियानले त्यसलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्डले बोहोरालाई अभियान निरन्तर अगाडि बढाउन शुभकामना दिंदै आवश्यक सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाए।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *