• असार ९, २०८२
  • No Comment
  • 135

प्रचण्डसँगकाे भेट, कर्णाली विकास अभियानबारे जानकारी

 कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको माग गर्दै सुर्खेतबाट पदयात्रा सुरू गरेका नवराज बोहोरा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

करिब एक महिनाको लामो पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका बोहोराले अध्यक्ष प्रचण्डलाई कर्णाली क्षेत्रको पछाडि परेको अवस्था, विकासमा भइरहेको ढिलाइ, वातावरणीय संकट, अनियमितता र भ्रष्टाचारविरुद्ध सञ्चालित जनचेतनामूलक अभियानबारे जानकारी गराए।

बोहोराको पहललाई सकारात्मक रूपमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले उक्त अभियान माओवादी केन्द्रको मूल विचार र उद्देश्यसँग मेल खाने बताए। उनले आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि थुप्रै पहलहरू गरिएको उल्लेख गर्दै बोहोराको अभियानले त्यसलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्डले बोहोरालाई अभियान निरन्तर अगाडि बढाउन शुभकामना दिंदै आवश्यक सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाए।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *