• असार ९, २०८२
  • No Comment
  • 26

लागुऔषध नियन्त्रण गर्न सुर्खेतका नाकाहरूमा कुकुरसहित प्रहरीको निगरानी

सुर्खेत ।जिल्लालाई लागुऔषधमुक्त बनाउने अभियान अन्तर्गत  आइतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले संयुक्त रूपमा विशेष सुरक्षा जाँच अभियान सञ्चालन गरेको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगद्धिश्वर उपाध्याय र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुधिर राज शाहीको प्रत्यक्ष कमाण्डमा खटिएको टोलीले जिल्ला भित्रिने र बाहिरिने मुख्य नाका तथा बजार क्षेत्रमा कडा निगरानी बढाएको हो।

लागुऔषधको अवैध ओसारपसारलाई निरुत्साहित गर्ने उद्देश्यले सञ्चालित यस अभियानमा तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोलीलाई समेत परिचालन गरिएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा (हाल कोहलपुर, बाँके) बाट प्रहरी नायब निरीक्षक  विष्णु पौडेलको नेतृत्वमा आएको ५ जना प्रहरी र २ वटा तालिम प्राप्त कुकुरसहितको टोलीले सवारी साधनहरुलाई सुक्ष्म ढंगले जाँच गरेको थियो।

प्रहरी टोलीले सुर्खेत-दैलेख सडक खण्डमा रहेको छेडा चेकपोष्ट र सुर्खेत बसपार्कलाई केन्द्रविन्दु बनाएर जाँच अभियान चलाएको थियो। बसपार्कबाट छुट्ने लामा तथा छोटा दुरीका सार्वजनिक तथा निजी सवारी साधन, मालबाहक ट्रक र बजार क्षेत्रमा चल्ने अटो रिक्साहरूलाई रोकेर प्रहरी र कुकुरको सहायताले खानतलासी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न र युवा पुस्तालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउन यस्ता अभियानलाई निरन्तरता दिइनेछ। “लागुऔषध समाजको क्यान्सर हो, यसको नियन्त्रणका लागि हामी सबैको सक्रियता आवश्यक छ,” उहाँले भन्नुभयो।

यसैगरी, जिल्ला प्रहरी प्रमुख शाहीले जिल्लाका सिमा नाका तथा लागुऔषध कारोबारको जोखिम रहेका सम्भावित स्थानहरूमा प्रहरीले सुक्ष्म निगरानी गरिरहेको र कुनै पनि अवैध गतिविधि हुन नदिन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो। आकस्मिक र सघन जाँचले आपराधिक मनोवृत्तिका व्यक्तिहरू निरुत्साहित हुने र आम नागरिकले सुरक्षित महसुस गर्ने विश्वास प्रहरीले लिएको छ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतमा अवैध ४०० लिटर मदिरासहित एक जना पक्राउ

सुर्खेतमा अवैध ४०० लिटर मदिरासहित एक जना पक्राउ

सुर्खेत।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा सञ्चालित एक अवैध मदिरा भट्टीमा छापा मारेर ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको छ। प्रहरीले…
सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-८ गौरीशंकर टोलका ४८…

Leave a Reply

Your email address will not be published. Required fields are marked *