• असार ८, २०८२
  • No Comment
  • 129

उखुको जुसका फाइदा

उखुको रसमा प्रशस्त मात्रामा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइन्छ। जसले शरीरमा पोषण तत्त्व प्रदान गर्नुका साथै शरीरलाई फुर्तिलो र स्वस्थ बनाउँछ। यसमा प्रशस्त मात्रामा पानीको मात्रा हुने भएकाले पिसाब सम्बन्धी समस्याबाट पनि मुक्ति पाउन सकिने चिकित्सकले बताएका छन्। नियमित उखुको जुसले जन्डिसको समस्यामा अधिक लाभ मिल्छ।

पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ

उखुको जुसको सेवनले शरीरमा पानीको मात्रालाई सन्तुलित बनाएर राख्न विशेष मद्दत गर्छ। साथै पिसाब सम्बन्धी समस्याबाट पनि मुक्ति दिलाउँछ।

शरीरलाई फुर्तिलो र स्वस्थ राख्छ

उखुको जुसमा प्रशस्त मात्रामा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फुर्तिलो र स्वास्थ्य बनाउँछ।

 

कलेजोलाई मजबुत बनाउँछ

उखुको जुसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ। कलेजोमा सङ्क्रमण हुन दिँदैन।

 

शरीरलाई शक्ति तथा ऊर्जा प्रदान गर्छ

उखुको रसमा प्रशस्त मात्रामा ग्लुकोज पाइने हुँदा यसले शरीरलाई शक्ति तथा ऊर्जा प्रदान गर्नमा मद्दत गर्छ।

 

पिसाबको इन्फेक्सन कम गर्छ

उखुको जुसको सेवनले पर्याप्त मात्रामा पिसाब लाग्ने हुँदा जसलाई पिसाब रोकिने, पिसाबको इन्फेक्सनका समस्या छन् त्यसमा अधिक लाभ मिल्छ। साथै मिर्गौलालाई स्वस्थ राख्छ।

 

दाँतको लागि फाइदाजनक

दाँत सम्बन्धी समस्यामा उखुको जुस खाँदा लाभ मिल्छ। किनकि उखुको रसमा क्याल्सियम र फस्फोरस अत्यधिक मात्रामा पाइन्छ।

 

थकानमा लाभ मिल्छ

उखुको जुसमा साधारण गुलियो पदार्थ हुने हुँदा तुरुन्त शरीरमा ऊर्जा सिर्जना हुन्छ र थकान कम महसुस हुन्छ। उखुको जुसले क्यान्सर लगायतको समस्याबाट पनि छुटकारा मिल्छ।

छाला चम्किलो बनाउँछ

उखुको रसलाई प्याक बनाएर फेसमा लगाउँदा अनुहारलाई चम्किलो बनाउन मद्दत गर्छ। साथै अनुहारमा आउने पिम्पल लगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ। सधैँ सफा ठाउँको र सफा भाँडोमा मात्र उखुको जुस सेवन गर्नुपर्छ। मधुमेह रोगको बिरामीका लागि भने उखुको रस सेवन गर्नु लाभदायक मानिँदैन।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *