- असार ८, २०८२
- No Comment
- 156
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा किशोर पक्राउ
बर्दिया ।बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–८ थानफेना घर भई हाल सोही नगरपालिका–१० बैदीमा डेरा गरी बस्ने १९ वर्षीय वसन्त बिसी रहेका छन्।
पीडित किशोरीले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय, जयनगरबाट खटिएको प्रहरी टोलीले बिसीलाई शनिबार दिउँसो पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।