• असार ७, २०८२
  • No Comment
  • 167

सुर्खेतमा प्याब्सनद्वारा अन्तरविद्यालय स्तरीय क्विज प्रतियोगिता आयोजना 

सुर्खेत । सुर्खेतमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले जिल्ला स्तरीय अन्तरविद्यालय क्विज प्रतियोगिताको आयोजना गर्ने भएको छ। विद्यार्थीहरूको ज्ञानको दायरा फराकिलो बनाउने र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको यो प्रतियोगिता यही असार ८ गतेदेखि सुरु भई १४ गतेसम्म चल्नेछ।

प्याब्सन सुर्खेतका अध्यक्ष छत्रबहादुर बडुवालका अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूमा सामान्य ज्ञान र समूहमा काम गर्ने भावनाको विकास गर्नुका साथै सदस्य विद्यालयहरूबीच सौहार्दपूर्ण सम्बन्ध र एकतालाई थप बलियो बनाउने लक्ष्य राखेको छ। प्रतियोगितामा प्रत्येक विद्यालयबाट चार जना विद्यार्थी सम्मिलित एक टोलीले भाग लिन पाउनेछ।

सहभागी टोलीहरूलाई गोलाप्रथाद्वारा विभिन्न समूहमा विभाजन गरी समूह चरणका खेलहरू सञ्चालन गरिनेछ, जसमा स्टिक, सामाजिक र बजर राउन्डहरू हुनेछन्। प्रतियोगिताको अन्तिम चरण अर्थात् फाइनल खेल भने असार १४ गते हुनेछ, जहाँ सामान्य ज्ञान, अडियो-भिजुअल, बजर र र्‍यापिड फायर जस्ता रोमाञ्चक राउन्डहरू समावेश गरिनेछन्।

प्रतियोगितामा उत्कृष्ट हुने टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने विजेता टोलीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने उपविजेता टोलीहरूलाई १२ हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रम अवधिभर क्विज मास्टरको निर्णय नै अन्तिम हुने र सम्पूर्ण कार्यक्रमको भिडियो रेकर्डिङ गरी प्रसारण गरिने भएकाले यसले अन्तरक्रियात्मक सिकाइमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ। प्याब्सन सुर्खेतले जिल्लाका सम्पूर्ण विद्यालय, शिक्षक, अभिभावक र सञ्चारकर्मीहरूलाई यस शैक्षिक अभियानमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *