• असार ७, २०८२
  • No Comment
  • 202

एयर इन्डियाका उपाध्यक्षसहित तीन अधिकारीमाथि कारवाही

काठमाडौँ । भारतको नागरिक उड्डयन महानिर्देशनालयले एयर इण्डियाका एक डिभिजनल उपाध्यक्षसहित आफ्ना तीन अधिकारीमाथि कारवाही गर्न निर्देशन दिएको छ ।

अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनापछि महानिर्देशनालयले अहिलेसम्मको अनुसन्धानपछि सुरक्षा सम्बन्धी कारबाही शुरु गरेको बह्रतीय मिडियाहरुले उल्लेख गरेका छन् । महानिर्देशनालेले एयर इन्डियालाई डिभिजनल उपाध्यक्षसहित आफ्ना तीन अधिकारीहरूलाई चालक दलको तालिका र रोस्टरिङसँग सम्बन्धित सबै भूमिका र जिम्मेवारीबाट हटाउन आदेश दिएको हो ।

महानिर्देशनालयले दिएको आदेशमा एयर इन्डियालाई यी अधिकारीहरूविरुद्ध तुरुन्तै आन्तरिक अनुशासनात्मक कारबाही सुरु गर्न समेत निर्देशन दिएको रिपोर्टमा उल्लेख छ ।

यसअघि, महानिर्देशनालयले आपतकालीन उपकरणहरू जाँच गर्ने निर्धारित मितिभन्दा बढी समय बाँकी हुँदा पनि तीनवटा एयरबस विमानहरूले उडान भर्दा सुरक्षा नियमहरू उल्लङ्घन गरेकोमा एयर इन्डियालाई चेतावनी दिएको थियो ।

रिपोर्ट अनुसार, घटनास्थलको अनुसन्धानले निर्धारित समयभन्दा बढी समय बाँकी हुँदा पनि महत्त्वपूर्ण आपतकालीन उपकरणहरूमा एस्केप स्लाइडहरूको अनिवार्य निरीक्षण सञ्चालन गरिएको पत्ता लगाएको छ । एक अनुसन्धानले एयरबस ए ३२० जेटको निरीक्षण मे १५ मा हुनुभन्दा एक महिनाभन्दा बढी समय ढिलो भएको पत्ता लगाएको छ । साथै राडार डेटाले ढिलाइको समयमा, विमान दुबई, रियाद र जेद्दाह जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडेको देखिएको थियो ।

जुन १२ मा, २४२ यात्रु र चालक दलका सदस्यहरू लिएर लन्डन जाँदै गरेको एयर इन्डियाको एआइ १७१ विमान उडान भरेको केहि सेकन्डमै दुर्घटना हुदा विमानमा रहेका एक जना बाहेक सबै यात्रुको मृत्यु भएको थियो भने जमिनमा रहेका २९ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *