• असार ७, २०८२
  • No Comment
  • 120

चितवनमा सवारी दुर्घटना: ७ जनाको मृत्यु, १८ जना घाइते

चितवन । चितवनको राप्ती नगरपालिका-१ स्थित खहरे पुलमा भएको भीषण सवारी दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खहरे पुलमा धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढ आउँदै गरेको विद्युतीय सवारी (इलेक्ट्रिक गाडी) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ठक्कर अत्यन्तै जोरदार भएको र केही यात्रु गम्भीर घाइते भएको जनाइएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका पनि गरिएको छ।

घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य गरिएको थियो।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *