• असार ७, २०८२
  • No Comment
  • 83

चितवनमा सवारी दुर्घटना: ७ जनाको मृत्यु, १८ जना घाइते

चितवन । चितवनको राप्ती नगरपालिका-१ स्थित खहरे पुलमा भएको भीषण सवारी दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खहरे पुलमा धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढ आउँदै गरेको विद्युतीय सवारी (इलेक्ट्रिक गाडी) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ठक्कर अत्यन्तै जोरदार भएको र केही यात्रु गम्भीर घाइते भएको जनाइएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका पनि गरिएको छ।

घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य गरिएको थियो।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *