• असार ६, २०८२
  • No Comment
  • 193

‘प्रहरी हुँ’ भन्दै धम्क्याएर पैसा असुल्ने युवा पक्राउ

विराटनगर । ‘प्रहरी हुँ’ भन्दै धम्क्याएर भारतीय बजारका नेपाली ग्राहाकसँग पैसा असुल्ने एक जना युवा विराटनगरबाट शुक्रबार पक्राउ परेका छन्।

नक्कली प्रहरी बनेर पैसा असुल्ने विराटनगर महानगरपालिका–१२ का २५ वर्षीय धनकुमार थारुलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार थारुलाई विराटनगर–१६ स्थित रानी–जोगवनी सडक खण्डबाट पक्राउ गरिएको हो। थारुले डर र त्रास देखाएर शारीरिक रूपमा अपांगता भएका व्यक्तिलगायत सर्वसाधारणलाईसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

‘भारतको जोगवनीबाट घरयासी सामान लिएर आउनेहरुलाई दुःख दिँदै र धम्क्याउँदै पैसा लिने गरेको पाइयो,’ उनले भनिन्, ‘प्रहरी हुँ भन्दै डर त्रास देखाउने गरेको खुलेको छ।’ ‘म प्रहरी हो’ भनेर पैसा असुल्ने गरेको पाइएपछि थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको जानकारी चुँडालले दिइन्।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *