• असार ६, २०८२
  • No Comment
  • 168

कैलालीमा सुत्केरी महिलाको रहस्यमय मृत्यु, १६ दिनको शिशु सकुशल

कैलाली — कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुमा एक सुत्केरी महिला मृत अवस्थामा फेला परेकी छन्। २५ वर्षीया तुलसी नाथ शुक्रबार बिहान करिब ६ बजे घर नजिकैको सडकको नालामा मृत भेटिएकी हुन्।

उनी १६ दिनअघि मात्र आमाबनेकी थिइन्। उनको नवजात शिशु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए।

“उनको शव घर नजिकैको नालामा भेटिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ,” डिएसपी सिंहले भने।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। मृत्युको कारण हालसम्म स्पष्ट भइसकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *