• असार ६, २०८२
  • No Comment
  • 24

कैलालीमा सुत्केरी महिलाको रहस्यमय मृत्यु, १६ दिनको शिशु सकुशल

कैलाली — कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुमा एक सुत्केरी महिला मृत अवस्थामा फेला परेकी छन्। २५ वर्षीया तुलसी नाथ शुक्रबार बिहान करिब ६ बजे घर नजिकैको सडकको नालामा मृत भेटिएकी हुन्।

उनी १६ दिनअघि मात्र आमाबनेकी थिइन्। उनको नवजात शिशु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए।

“उनको शव घर नजिकैको नालामा भेटिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ,” डिएसपी सिंहले भने।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। मृत्युको कारण हालसम्म स्पष्ट भइसकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *