• असार ५, २०८२
  • No Comment
  • 200

अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना सुर्खेतमा पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा जरिवाना सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, पक्राउ पर्नेमा बराहताल गाउँपालिका-७ का छविलाल खत्री र तेज बहादुर खत्री रहेका छन्। उनीहरू दुवैलाई सुर्खेत जिल्ला अदालतले गाली बेइज्जती मुद्दामा जनही २ हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

यसैगरी, प्रहरीले बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका बराहताल गाउँपालिका-१० का चन्द्र बहादुर सलामीलाई पनि पक्राउ गरेको छ। उनलाई अदालतले ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत प्रहरी टोलीले उनीहरूलाई खोजतलास गरी पक्राउ गरेको डीएसपी बुढथापाले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि बुधबार नै सुर्खेत जिल्ला अदालत, वीरेन्द्रनगरमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *