• असार ५, २०८२
  • No Comment
  • 203

धनुषामा बाली जोगाउन तानिएको विद्युतीय तारबाट करेन्ट लागी महिलाको मृत्यु

धनुषा जिल्लाको मिथिला नगरपालिका–१ ढल्केबरमा खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० वर्षीया मङ्गलीदेवी महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। प्रहरीका अनुसार मङ्गलीदेवी तरकारीबारीमा काम गर्ने क्रममा खेतमा तानिएको करेन्ट प्रवाहित तारमा छोइएकी थिइन्।

घटनास्थलमै उनको ज्यान गएको हो।इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार केही किसानहरूले जङ्गली जनावरबाट बाली जोगाउन विद्युतीय तारमार्फत करेन्ट प्रवाह गर्दै आएका छन्।

‘मङ्गलीदेवी पनि सोही तारमा छोएपछि घटनास्थलमै मृत्यु भएकी हुन्,  उनले बताए। महतोको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुण सिंहले जानकारी दिए।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *