• असार ५, २०८२
  • No Comment
  • 66

धनुषामा बाली जोगाउन तानिएको विद्युतीय तारबाट करेन्ट लागी महिलाको मृत्यु

धनुषा जिल्लाको मिथिला नगरपालिका–१ ढल्केबरमा खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० वर्षीया मङ्गलीदेवी महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। प्रहरीका अनुसार मङ्गलीदेवी तरकारीबारीमा काम गर्ने क्रममा खेतमा तानिएको करेन्ट प्रवाहित तारमा छोइएकी थिइन्।

घटनास्थलमै उनको ज्यान गएको हो।इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार केही किसानहरूले जङ्गली जनावरबाट बाली जोगाउन विद्युतीय तारमार्फत करेन्ट प्रवाह गर्दै आएका छन्।

‘मङ्गलीदेवी पनि सोही तारमा छोएपछि घटनास्थलमै मृत्यु भएकी हुन्,  उनले बताए। महतोको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुण सिंहले जानकारी दिए।

सम्बन्धित खबर

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४ अझै बेपत्ता

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४…

बेइजिङ ।  चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान हराएको यात्रुवाहक बसका १० जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता…
आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी…

साउन १५ — हाल देशभर मनसुनी वायुको सक्रियता रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा…
आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *