• असार ५, २०८२
  • No Comment
  • 195

सांसद थापाद्वारा बजेट पुस्तिका च्यात्दै विरोध, सदनमा तनाव

नेकपा (एकीकृत समाजवादी)का सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा बैठकमै बजेट पुस्तिका च्यातेका छन्। बिहीबारको बैठकमा आक्रोशित मुद्रामा प्रस्तुत भएका थापाले बजेट जनतामुखी नभई नेतामुखी भएको आरोप लगाउँदै पुस्तिका च्यातेर विरोध जनाए।

“बजेटले दैलोदेखि गाउँसम्मका जनताको समस्या सम्बोधन गरेन। यो बजेट जनताको होइन, सत्ताधारी नेताहरूको पक्षमा केन्द्रित छ,” उनले भने, “त्यही कारण मैले बजेट च्यातेर विरोध जनाउन बाध्य भएँ। “थापाले बजेटमा केही समूह वा व्यक्तिहरूको एकाधिकार जस्तो प्रवृत्ति देखिएको समेत बताए। “यो बजेट उत्तरदायी बन्न सकेन, त्यसैले सदनमै च्यात्ने अनुमति मागेर विरोध जनाएँ,” उनले भने।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज पनि सदनमा घेराउ र नाराबाजी जारी राखेका छन्। उनीहरूले बजेट, भिजिट भिसा प्रकरण लगायतका विषयमा सरकारको आलोचना गर्दै विरोध प्रदर्शन गरेका हुन्। उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने बैठक बहिष्कार गरेको छ।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *