• असार ५, २०८२
  • No Comment
  • 139

सांसद थापाद्वारा बजेट पुस्तिका च्यात्दै विरोध, सदनमा तनाव

नेकपा (एकीकृत समाजवादी)का सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा बैठकमै बजेट पुस्तिका च्यातेका छन्। बिहीबारको बैठकमा आक्रोशित मुद्रामा प्रस्तुत भएका थापाले बजेट जनतामुखी नभई नेतामुखी भएको आरोप लगाउँदै पुस्तिका च्यातेर विरोध जनाए।

“बजेटले दैलोदेखि गाउँसम्मका जनताको समस्या सम्बोधन गरेन। यो बजेट जनताको होइन, सत्ताधारी नेताहरूको पक्षमा केन्द्रित छ,” उनले भने, “त्यही कारण मैले बजेट च्यातेर विरोध जनाउन बाध्य भएँ। “थापाले बजेटमा केही समूह वा व्यक्तिहरूको एकाधिकार जस्तो प्रवृत्ति देखिएको समेत बताए। “यो बजेट उत्तरदायी बन्न सकेन, त्यसैले सदनमै च्यात्ने अनुमति मागेर विरोध जनाएँ,” उनले भने।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज पनि सदनमा घेराउ र नाराबाजी जारी राखेका छन्। उनीहरूले बजेट, भिजिट भिसा प्रकरण लगायतका विषयमा सरकारको आलोचना गर्दै विरोध प्रदर्शन गरेका हुन्। उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने बैठक बहिष्कार गरेको छ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *