• असार ४, २०८२
  • No Comment
  • 168

राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ उठाउँदै, तरलता व्यवस्थापनको प्रयास

 नेपाल राष्ट्र बैंकले बुधबार एकैदिन बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ। पछिल्लो समय बजारमा बढ्दो तरलता सन्तुलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले यस्तो कदम चालेको हो।

यसअघि पनि राष्ट्र बैंकले ८० अर्ब रुपैयाँसम्म एकैदिन उठाइसकेको थियो। यसपटक राष्ट्र बैंकले २१ दिन अवधिको लागि बोलकबोल (बिड) आह्वान गरेको छ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सहभागी हुन पाउनेछन्। बोलकबोल कार्यक्रम बुधबार दिउँसो ३ बजेका लागि तय गरिएको छ। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि पाँच–पाँच करोडले भाग जाने गरी अधिकतम रकम बोलकबोल गर्न सक्नेछन्।

सावाँ र ब्याज भुक्तानी मिति आगामी साउन ७ गते निर्धारण गरिएको छ। ब्याजदर बोलकबोलको आधारमा तय हुनेछ, र संस्थाहरूले ० दशमलव पछिको चार अंकसम्म ब्याजदर उल्लेख गर्नुपर्नेछ। बहुब्याजदर (Multiple Rate Bidding) प्रणाली पनि लागु हुनेछ। राष्ट्र बैंकले तरलता व्यवस्थापनका यस्ता उपकरणहरू प्रयोग गर्दै बजारमा सन्तुलन कायम राख्न प्रयास गरिरहेको छ। हालको परिस्थितिमा यस प्रकारको निक्षेप सङ्कलन कदमलाई वित्तीय अनुशासनको रूपमा हेरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *