• असार ४, २०८२
  • No Comment
  • 202

बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्यमा उल्लेख्य उकालो

नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार यो मूल्य तोलामा १ लाख ९५ हजार रुपैयाँमा कायम थियो।

सुनको तुलनामा चाँदीको मूल्यमा भने ठूलो वृद्धि देखिएको छ। मंगलबार तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ६५ रुपैयाँले बढेर तोलामा २ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघले दैनिक अन्तर्राष्ट्रिय बजार मूल्य, मुद्रा विनिमय दर र माग–आपूर्तिको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।


सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *