• असार ४, २०८२
  • No Comment
  • 139

बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्यमा उल्लेख्य उकालो

नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार यो मूल्य तोलामा १ लाख ९५ हजार रुपैयाँमा कायम थियो।

सुनको तुलनामा चाँदीको मूल्यमा भने ठूलो वृद्धि देखिएको छ। मंगलबार तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ६५ रुपैयाँले बढेर तोलामा २ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघले दैनिक अन्तर्राष्ट्रिय बजार मूल्य, मुद्रा विनिमय दर र माग–आपूर्तिको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।


सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *