• असार ४, २०८२
  • No Comment
  • 174

उदयपुरमा दुई जना मृत अवस्थामा फेला, अनुसन्धान जारी

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक युवक र एक किशोरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत अवस्थामा फेला परेका हुन्। मञ्जु राईको शव गाउँकै बाटोमा भेटिएको थियो भने करिब २०० मिटर पर रविन्द्र राईको शव आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुवैजनाको मृत्युको कारण हालसम्म यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने दुबै शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *