• असार ४, २०८२
  • No Comment
  • 180

सुर्खेतमा फोर्स गाडी रोकिराखेको ट्रकमा ठोक्किँदा  २ जना घाइते

सुर्खेत ।  सुर्खेतको सिम्ता गाउँपालिका-४ बालिखोलास्थित छिन्चु-जाजरकोट सडकखण्डमा फोर्स गाडी रोकिराखेको ट्रकमा ठोक्किँदा  २ जना घाइते भएका छन।
इलाका प्रहरी कार्यालय बादेपिपलका अनुसार नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको क.प्र. ०२-००१ ख ०८८७ नम्बरको फोर्स गाडी आज बिहान करिब २ बजेतिर सडक छेउमा बिग्रिएर रोकिराखेको ट्रकको पछाडि ठोक्किएको हो।

घाइते हुनेमा जाजरकोटको कुसे गाउँपालिका-३ का २२ वर्षीय निमबहादुर विक र सोही गाउँपालिका-२ का ४२ वर्षीय जयबहादुर सिंह रहेका छन्।

फोर्स गाडीमा सवार १७ जना यात्रुमध्ये दुई जना घाइते भएकाे प्रहरिले जनाएकाे  छ।  दुवै जनाको सल्यानको सल्लीबजारस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बादेपिपलको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले फोर्स गाडीका चालक सुर्खेत, भेरीगंगा नगरपालिका-६ का ५१ वर्षीय डम्बर डाँगीलाई गाडीसहित नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *