• असार ४, २०८२
  • No Comment
  • 144

सुर्खेतमा फोर्स गाडी रोकिराखेको ट्रकमा ठोक्किँदा  २ जना घाइते

सुर्खेत ।  सुर्खेतको सिम्ता गाउँपालिका-४ बालिखोलास्थित छिन्चु-जाजरकोट सडकखण्डमा फोर्स गाडी रोकिराखेको ट्रकमा ठोक्किँदा  २ जना घाइते भएका छन।
इलाका प्रहरी कार्यालय बादेपिपलका अनुसार नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको क.प्र. ०२-००१ ख ०८८७ नम्बरको फोर्स गाडी आज बिहान करिब २ बजेतिर सडक छेउमा बिग्रिएर रोकिराखेको ट्रकको पछाडि ठोक्किएको हो।

घाइते हुनेमा जाजरकोटको कुसे गाउँपालिका-३ का २२ वर्षीय निमबहादुर विक र सोही गाउँपालिका-२ का ४२ वर्षीय जयबहादुर सिंह रहेका छन्।

फोर्स गाडीमा सवार १७ जना यात्रुमध्ये दुई जना घाइते भएकाे प्रहरिले जनाएकाे  छ।  दुवै जनाको सल्यानको सल्लीबजारस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बादेपिपलको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले फोर्स गाडीका चालक सुर्खेत, भेरीगंगा नगरपालिका-६ का ५१ वर्षीय डम्बर डाँगीलाई गाडीसहित नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *