• असार ३, २०८२
  • No Comment
  • 121

जुम्लामा ट्रयाक्टर दुर्घटना: एकको मृत्यु, चार घाइते

जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार लु२त १११५ नम्बरको ट्रयाक्टर गएराति चन्दननाथ नगरपालिका–९, तलिउमतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। दुर्घटनामा परी चन्दननाथ–९ निवासी ४८ वर्षीय जोखी सार्की गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। उनीहरूमा २९ वर्षीया देबु सार्की, ३५ वर्षीया

मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की तथा २२ वर्षीय ट्रयाक्टर चालक सन्तोष सार्की रहेका छन्। सबै घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *