• असार ३, २०८२
  • No Comment
  • 183

जुम्लामा ट्रयाक्टर दुर्घटना: एकको मृत्यु, चार घाइते

जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार लु२त १११५ नम्बरको ट्रयाक्टर गएराति चन्दननाथ नगरपालिका–९, तलिउमतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। दुर्घटनामा परी चन्दननाथ–९ निवासी ४८ वर्षीय जोखी सार्की गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। उनीहरूमा २९ वर्षीया देबु सार्की, ३५ वर्षीया

मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की तथा २२ वर्षीय ट्रयाक्टर चालक सन्तोष सार्की रहेका छन्। सबै घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *