• असार २, २०८२
  • No Comment
  • 187

हुम्लाको उनापानीमा आगलागी, आठ घर पूर्णरूपमा नष्ट

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा  गएराति भएको आगलागीबाट आठवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगो स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट सुरु भएको जनाइएको छ।

स्थानीय बासिन्दा धनबहादुर रावतका अनुसार, आगलागीको कारण यकिन हुन नसके पनि सम्भावित शंका विद्युत् सर्ट वा खुला आगोको लापरबाहीतर्फ देखिएको छ। रावतले भने, “सुरुमा आगलागी हुने घरका परिवार अहिले बस्तीभन्दा तल लेखमा बस्दै आएका थिए। त्यसैले आगो कसरी सुरु भयो भन्ने थाहा छैन।”

घटनापछि प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वमा सर्केगाड प्रहरी चौकीबाट खटिएको टोली घटनास्थलमा पुगेर रातभर प्रयास गरी मंगलबार बिहान मात्रै आगो नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको पुष्टि गरेका छन्।

आगलागीबाट स्थानीयवासी विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराका घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घरसँगै भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद रकम, नागरिकता, लालपुर्जा, अन्य कागजातहरू पनि जलेर नष्ट भएको पीडितहरूले बताएका छन्।

प्रहरीका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आएपश्चात मात्रै वास्तविक क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरी राहत र पुनःस्थापना प्रक्रियाबारे छलफल भइरहेको बताइएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *