• असार २, २०८२
  • No Comment
  • 33

हुम्लाको उनापानीमा आगलागी, आठ घर पूर्णरूपमा नष्ट

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा  गएराति भएको आगलागीबाट आठवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगो स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट सुरु भएको जनाइएको छ।

स्थानीय बासिन्दा धनबहादुर रावतका अनुसार, आगलागीको कारण यकिन हुन नसके पनि सम्भावित शंका विद्युत् सर्ट वा खुला आगोको लापरबाहीतर्फ देखिएको छ। रावतले भने, “सुरुमा आगलागी हुने घरका परिवार अहिले बस्तीभन्दा तल लेखमा बस्दै आएका थिए। त्यसैले आगो कसरी सुरु भयो भन्ने थाहा छैन।”

घटनापछि प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वमा सर्केगाड प्रहरी चौकीबाट खटिएको टोली घटनास्थलमा पुगेर रातभर प्रयास गरी मंगलबार बिहान मात्रै आगो नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको पुष्टि गरेका छन्।

आगलागीबाट स्थानीयवासी विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराका घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घरसँगै भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद रकम, नागरिकता, लालपुर्जा, अन्य कागजातहरू पनि जलेर नष्ट भएको पीडितहरूले बताएका छन्।

प्रहरीका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आएपश्चात मात्रै वास्तविक क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरी राहत र पुनःस्थापना प्रक्रियाबारे छलफल भइरहेको बताइएको छ।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *