• असार १, २०८२
  • No Comment
  • 137

यी हुन् बिहान सबेरै उठ्दा हुने फाइदा

 काठमाडौँ — सामाजिक सञ्जाल र अनियमित जीवनशैलीका कारण आजकाल धेरै मानिसहरुको निद्रा चक्र अव्यवस्थित बन्दै गएको छ। रातभर फेसबुक, युट्युब जस्ता माध्यममा समय बिताउने प्रवृत्तिले गर्दा बिहान चाँडै उठ्न असहज हुने गर्दछ। यस्तो बानीले केवल दिनचर्यालाई अस्तव्यस्त बनाउँछ मात्र हैन, शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पार्दछ।

शोधकर्ताहरुका अनुसार बिहान ढिलो उठ्ने मानिसहरुमा डिप्रेशन, मोटोपन, आलस्यता, मुटुरोग लगायतका स्वास्थ्य समस्या देखिने सम्भावना उच्च हुन्छ। समयमै सुत्ने र बिहान सबेरै उठ्ने बानीले यी समस्याबाट बच्न सकिन्छ।

कोलोराडो बोल्डर युनिभर्सिटीका अनुसन्धानकर्मी सेलिन वेटरले नेतृत्व गरेको एक वैज्ञानिक अध्ययनले बिहान छिटो उठ्ने मानिसहरुमा मानसिक रोगको सम्भावना निकै कम देखिएको बताएको छ। ३२ हजार महिला नर्सहरुको जीवनशैलीको अध्ययनमार्फत गरिएको यस शोधअनुसार “क्रोनोटाइप” अर्थात सुत्ने-जाग्ने बानी र डिप्रेशनबीच गहिरो सम्बन्ध पाइयो।

अनियमित निन्द्राले शरीरमा तनावको स्तर बढाउँछ, जसले डिप्रेशन, चिन्ता र अन्य मानसिक रोगको जोखिम बढाउँछ। यसका साथै यस्तो बानीले धुमपानजस्ता खराब लत पनि विकास गराउन सक्छ। अनुसन्धान अनुसार, नियमित सुत्ने र बिहान सबेरै उठ्नेहरुले यसबाट सजिलै बच्न सक्छन्।

 १. शुद्ध हावा प्राप्त हुन्छ: बिहानको समयमा वातावरण तुलनात्मक रूपमा शुद्ध र ताजगीयुक्त हुन्छ, जसले फोक्सोको कार्यक्षमता सुधार गर्छ।

  1. मुटु स्वस्थ रहन्छ: बिहानको हिँडडुल वा एक्सरसाइजले रक्तसञ्चार राम्रो हुन्छ र मुटु रोगको जोखिम घटाउँछ।

  2. मानसिक स्वास्थ्य सुधार हुन्छ: नियमित योग र प्राणायामले डिप्रेशन, चिन्ता जस्ता समस्या टाढा राख्छ।

  3. सामाजिक सम्बन्ध बलियो हुन्छ: बिहानको समयमा विभिन्न व्यक्तिसँग भेट हुने, विचार आदानप्रदान हुने भएकाले सामाजिक भावना प्रबर्द्धन हुन्छ।

विहान उठेर केही समय हिँड्नु, योग गर्नु वा प्रकाशमा केही समय बिताउनु सानो प्रयास भए पनि दीर्घकालीन फाइदाजनक हुन्छ। शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि अहिले नै बिहान उठ्ने बानी बसाल्नु उपयुक्त समय हो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *