• असार १, २०८२
  • No Comment
  • 150

कर्णालीमा खेलकुद परिषद्को जिम्मेवारी कर्मचारीलाई नदिन आदेश

वीरेन्द्रनगर । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा कर्मचारीलाई नियुक्त गर्ने प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

गत जेठ १८ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले परिषद्को रिक्त सदस्य सचिव पदमा सामाजिक विकास मन्त्रालयका उपसचिव जवाहरलाल हमाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय खेलकुद विकास ऐनविपरीत भएको दाबीसहित अधिवक्ताद्वय शेरबहादुर खत्री र उपेन्द्रकुमार रावतले उच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले रिट निवेदनको टुङ्गो नलागुन्जेलसम्मका लागि सरकारको निर्णयलाई यथास्थितिमा राख्न र कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो ।

अदालतले आफ्नो आदेशमा सरकारका हरेक कामकारबाही कानुनसम्मत हुनुपर्नेमा जोड दिएको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐनको दफा १२ मा सदस्य सचिव नियुक्तिको स्पष्ट व्यवस्था रहेको र सोबाहेक अन्य तरिकाले नियुक्ति गर्ने परिकल्पना कानुनले नगरेको अदालतको ठहर छ ।

गत वर्षको पुसदेखि रिक्त रहेको सदस्य सचिव पदमा प्रदेश सरकारले तत्कालका लागि काम चलाउन भन्दै कर्मचारीलाई जिम्मेवारी दिएको थियो । तर, रिट निवेदकहरूले कानुनी व्यवस्था मिचेर गरिएको नियुक्ति खारेज गर्न र कानुनसम्मत तरिकाले परिषद्का पदाधिकारी नियुक्त गर्न उत्प्रेषणयुक्त परमादेशको माग गरेका थिए ।

यो आदेशसँगै प्रदेश खेलकुद परिषद्को नेतृत्व चयन प्रक्रिया अब अदालती फैसलापछि मात्र अघि बढ्ने देखिएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *