• असार १, २०८२
  • No Comment
  • 139

वीरेन्द्रनगरका विभिन्न होटलबाट २५ जना पक्राउ 

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका विभिन्न होटलबाट २५ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-६, बुद्धपथस्थित होटलहरूमा सार्वजनिक हित र नैतिकता विरुद्धका क्रियाकलाप भइरहेको सूचनाको आधारमा प्रहरीले मंगलबार राति छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धपथमा रहेका हार्दिक, दंगाली र विकाश होटलमा छापा मार्दा  होटल सञ्चालकहरू सहित ११ जना महिला र १४ जना पुरुष लाई नियन्त्रणमा लिइएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ती होटलहरूमा विभिन्न किसिमको अशान्ति, अभद्रता फैलाउने तथा हो-हल्ला गरी सार्वजनिक शान्तिमा खलल पुर्‍याइएको थियो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई राति करिब ११:३० बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले पक्राउ परेका सबैलाई ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर’ मा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।  बुढथापाका अनुसार, जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *