• असार १, २०८२
  • No Comment
  • 234

वीरेन्द्रनगरका विभिन्न होटलबाट २५ जना पक्राउ 

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका विभिन्न होटलबाट २५ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-६, बुद्धपथस्थित होटलहरूमा सार्वजनिक हित र नैतिकता विरुद्धका क्रियाकलाप भइरहेको सूचनाको आधारमा प्रहरीले मंगलबार राति छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धपथमा रहेका हार्दिक, दंगाली र विकाश होटलमा छापा मार्दा  होटल सञ्चालकहरू सहित ११ जना महिला र १४ जना पुरुष लाई नियन्त्रणमा लिइएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ती होटलहरूमा विभिन्न किसिमको अशान्ति, अभद्रता फैलाउने तथा हो-हल्ला गरी सार्वजनिक शान्तिमा खलल पुर्‍याइएको थियो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई राति करिब ११:३० बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले पक्राउ परेका सबैलाई ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर’ मा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।  बुढथापाका अनुसार, जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *