• असार १, २०८२
  • No Comment
  • 131

प्रतिनिधिसभामा विपक्षीको नाराबाजीका बीच बैठक अगाडि बढाउँदै सभामुख

नाराबाजी र वेल घेराउका बीचमा प्रतिनिधिसभाको बैठक अगाडि बढाएका सभामुख देवराज घिमिरेको कदमप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन्।

प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेरेर नाराबाजी गरिरहेको छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू आसनमै उभिएर विरोध जनाइरहेका छन्।

यस्तै, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले संसदभित्रै सभामुखलाई बैठक रोक्न आग्रह गरेका थिए। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र

पाण्डेले सहमति खोज्न पहल गर्न आग्रह गरे पनि सभामुख घिमिरेले बैठक अघि बढाएका हुन्। विपक्षी दलहरूको असहमति र संसदीय मर्यादाबारे बहस भइरहेका बेला बैठक सञ्चालनको निर्णयले सदनमा थप असन्तोष चुलिएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *