• जेष्ठ ३०, २०८२
  • No Comment
  • 129

जाजरकोटमा ट्याक्टर दुर्घटना:  एकजनाको मृत्यु, एक गम्भीर घाइते

जाजरकोट ।  जाजरकोटको नलगाड नगरपालिका–७ खगेनकोटस्थित डोल्पा-जाजरकोट सडक खण्डमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सरिया लोड गरेर दल्लीबाट कायाखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्याक्टर  शुक्रबार बिहान अन्दाजी ८:२० बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा परि ट्याक्टर चालक नलगाड नगरपालिका–७ बगरा निवासी अन्दाजी १८/१९ वर्षीय विनोद परियार र सोही वडाको चामाखेत निवासी जयबहादुर परियार घाइते भएका थिए। दुवैजनालाई उद्धार गरी नगर अस्पताल दल्ली पठाइएको प्रहरिले जनाएकाे छ ।

तर, थप उपचारका लागि रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा लगिएको चालक विनोद परियारलाई अस्पतालले उपचारको क्रममा बिहान १२:४० बजे मृत घोषणा गरेको हो। गम्भीर घाइते जयबहादुर परियारलाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा फरेन्सिक टोली (SOCO) सहितको ५ जनाको टोलिले घटनास्थलमा पुगी अनुसन्धान गरेको छ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *