• जेष्ठ ३०, २०८२
  • No Comment
  • 220

जाजरकोटमा ट्याक्टर दुर्घटना:  एकजनाको मृत्यु, एक गम्भीर घाइते

जाजरकोट ।  जाजरकोटको नलगाड नगरपालिका–७ खगेनकोटस्थित डोल्पा-जाजरकोट सडक खण्डमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सरिया लोड गरेर दल्लीबाट कायाखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्याक्टर  शुक्रबार बिहान अन्दाजी ८:२० बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा परि ट्याक्टर चालक नलगाड नगरपालिका–७ बगरा निवासी अन्दाजी १८/१९ वर्षीय विनोद परियार र सोही वडाको चामाखेत निवासी जयबहादुर परियार घाइते भएका थिए। दुवैजनालाई उद्धार गरी नगर अस्पताल दल्ली पठाइएको प्रहरिले जनाएकाे छ ।

तर, थप उपचारका लागि रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा लगिएको चालक विनोद परियारलाई अस्पतालले उपचारको क्रममा बिहान १२:४० बजे मृत घोषणा गरेको हो। गम्भीर घाइते जयबहादुर परियारलाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा फरेन्सिक टोली (SOCO) सहितको ५ जनाको टोलिले घटनास्थलमा पुगी अनुसन्धान गरेको छ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *