• जेष्ठ २९, २०८२
  • No Comment
  • 141

अनुदान शिक्षकको दरबन्दीमा रूपान्तरणको माग, पुरानो सम्झौता कार्यान्वयन गर्न दबाव

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरू र शिक्षा मन्त्रालयलाई एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन्।

अधिकारीले शिक्षण–सिकाइमा संलग्न अनुदान शिक्षकहरूलाई दरबन्दीमा रूपान्तरण गर्ने विषयमा शिक्षा मन्त्रालयसँग भएको अघिल्लो सहमति तत्काल लागू गर्नुपर्ने बताएका छन्। सम्झौताअनुसार ७५-२५ प्रतिशतको सीमित आन्तरिक प्रतिस्पर्धाका आधारमा शिक्षक सेवा आयोगमार्फत परीक्षा सञ्चालन गरिने व्यवस्था रहेको उनले स्मरण गराए।

‘हामी यो मुद्दा छोड्दैनौं,’ अध्यक्ष अधिकारीले स्पष्ट पारे, ‘अनुदान शिक्षकहरूको हक–अधिकार सुनिश्चित गर्न हामी निरन्तर आवाज उठाइरहेका छौं।’

उनका अनुसार संगठनले लामो समयदेखि अनुदानमा कार्यरत शिक्षकहरूको स्थायित्व र पेसागत सुरक्षाको माग गर्दै आएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *