- जेष्ठ २९, २०८२
- No Comment
- 95
अनुदान शिक्षकको दरबन्दीमा रूपान्तरणको माग, पुरानो सम्झौता कार्यान्वयन गर्न दबाव
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरू र शिक्षा मन्त्रालयलाई एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन्।
अधिकारीले शिक्षण–सिकाइमा संलग्न अनुदान शिक्षकहरूलाई दरबन्दीमा रूपान्तरण गर्ने विषयमा शिक्षा मन्त्रालयसँग भएको अघिल्लो सहमति तत्काल लागू गर्नुपर्ने बताएका छन्। सम्झौताअनुसार ७५-२५ प्रतिशतको सीमित आन्तरिक प्रतिस्पर्धाका आधारमा शिक्षक सेवा आयोगमार्फत परीक्षा सञ्चालन गरिने व्यवस्था रहेको उनले स्मरण गराए।
‘हामी यो मुद्दा छोड्दैनौं,’ अध्यक्ष अधिकारीले स्पष्ट पारे, ‘अनुदान शिक्षकहरूको हक–अधिकार सुनिश्चित गर्न हामी निरन्तर आवाज उठाइरहेका छौं।’
उनका अनुसार संगठनले लामो समयदेखि अनुदानमा कार्यरत शिक्षकहरूको स्थायित्व र पेसागत सुरक्षाको माग गर्दै आएको छ।