• जेष्ठ २९, २०८२
  • No Comment
  • 153

आजको मौसम  

काठमाडौँ — आज देशभरको मौसममा विभिन्न प्रकारको परिवर्तन देखिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव पारिरहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागहरूमा आंशिक बदलीको अवस्था रहनेछ भने बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदलीको सम्भावना छ। दिउँसोको समयमा कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको मौसमविद्‌हरुले जनाएका छन्।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

मौसममा हुने यस्ता परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक तयारी गर्न मौसम महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *