• जेष्ठ २९, २०८२
  • No Comment
  • 96

आजको मौसम  

काठमाडौँ — आज देशभरको मौसममा विभिन्न प्रकारको परिवर्तन देखिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव पारिरहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागहरूमा आंशिक बदलीको अवस्था रहनेछ भने बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदलीको सम्भावना छ। दिउँसोको समयमा कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको मौसमविद्‌हरुले जनाएका छन्।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

मौसममा हुने यस्ता परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक तयारी गर्न मौसम महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *