• जेष्ठ २८, २०८२
  • No Comment
  • 176

फेवातालमा दुई प्याराग्लाइडर खस्दा चार जनाको सकुशल उद्धार

पोखराको फेवातालमा दुईवटा प्याराग्लाइडर खस्ने घटना भएको छ। पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको प्याराग्लाइडिङहरू अवतरणको क्रममा अनियन्त्रित भई फेवा तालको बीचभागमा खसेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको फेवा रेस्क्यु टावरस्थित टोलीले तत्काल उद्धार कार्य सञ्चालन गर्दै चार जनालाई दिउँसो ३ बजे सकुशल बाहिर निकालेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्धार गरिएकाहरूमा भारतको बनारसका ४१ वर्षीय अकलेश यादव र ३५ वर्षीय चन्दनकुमार पटेल रहेका छन्। उनीहरू सवार प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह (अग्नि प्याराग्लाइडिङ) र २८ वर्षीय विश्वास अधिकारी (ह्याप्पी फ्लाई प्याराग्लाइडिङ) पनि सकुशल छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *