• जेष्ठ २८, २०८२
  • No Comment
  • 24

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ

काठमाडौं, २९ जेठ — नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

राष्ट्र बैंकले २१ दिन अवधिका लागि निक्षेप संकलनको बोलकबोल आह्वान गरेको हो, जसको समय आज दिउँसो ३ बजेसम्म तोकिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको बोलकबोल गर्न सक्नेछन् भने अधिकतम रकम पाँच करोडको गुणकमा विभाजन हुने गरी निर्धारण गरिएको छ।

सावाँ र ब्याज असार १८ गते भुक्तानी गर्नुपर्नेछ। बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरमा प्रतिस्पर्धा गर्न सकिनेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल पेश गर्न सकिने व्यवस्था छ।

यस निक्षेप संकलन प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *