• जेष्ठ २८, २०८२
  • No Comment
  • 147

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ

काठमाडौं, २९ जेठ — नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

राष्ट्र बैंकले २१ दिन अवधिका लागि निक्षेप संकलनको बोलकबोल आह्वान गरेको हो, जसको समय आज दिउँसो ३ बजेसम्म तोकिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको बोलकबोल गर्न सक्नेछन् भने अधिकतम रकम पाँच करोडको गुणकमा विभाजन हुने गरी निर्धारण गरिएको छ।

सावाँ र ब्याज असार १८ गते भुक्तानी गर्नुपर्नेछ। बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरमा प्रतिस्पर्धा गर्न सकिनेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल पेश गर्न सकिने व्यवस्था छ।

यस निक्षेप संकलन प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।

सम्बन्धित खबर

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…
जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्ला, २९ फागुन । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। तिला गाउँपालिका–३ की १८…

Leave a Reply

Your email address will not be published. Required fields are marked *