• जेष्ठ २७, २०८२
  • No Comment
  • 7

कुलेखानीको जलसतह ४४ मिटर घट्यो, के हो कारण ? ?

सुक्खायाम बढेसँगै विद्युत् उत्पादनमा वृद्धि भएपछि कुलेखानी जलाशयको जलसतह उल्लेखनीय रूपमा घटेको छ। अहिले जलसतह १,४८६.४२ मिटरमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.५८ मिटरले कम हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, गत वर्ष असोज १० देखि १२ सम्मको अबिरल वर्षाले जलाशय पूर्ण रूपमा भरिँदा जलसतह १,५३० मिटर पुगेको थियो। त्यसबेला बाँधको सुरक्षा सुनिश्चित गर्न दुई ढोका खोल्नुपरेको थियो, जसका कारण तल्लो क्षेत्रमा दुर्घटना समेत भएको थियो।

कुलेखानी जलविद्युत् आयोजना प्रमुख तारादत्त भट्टका अनुसार, हाल सुक्खायामको समयमा आवश्यकतानुसार मात्र विद्युत् उत्पादन भइरहेको छ। “अहिले केन्द्र चलाउने उपयुक्त समय हो, तर हामी आवश्यक परेको बेला मात्र सञ्चालन गरिरहेका छौं,” उनले बताए।

मनसुन सुरु भइसकेको र वर्षा सुरु भएकाले अब जलाशय पुनः भरिने अपेक्षा गरिएको छ।

कुलेखानी आयोजना मुख्यतया सुक्खा र गर्मीयाममा विद्युत् आपूर्ति सन्तुलनमा राख्न र भोल्टेज नियन्त्रणका लागि प्रयोग गरिन्छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा, कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुन्छ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *