• जेष्ठ २७, २०८२
  • No Comment
  • 150

कुलेखानीको जलसतह ४४ मिटर घट्यो, के हो कारण ? ?

सुक्खायाम बढेसँगै विद्युत् उत्पादनमा वृद्धि भएपछि कुलेखानी जलाशयको जलसतह उल्लेखनीय रूपमा घटेको छ। अहिले जलसतह १,४८६.४२ मिटरमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.५८ मिटरले कम हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, गत वर्ष असोज १० देखि १२ सम्मको अबिरल वर्षाले जलाशय पूर्ण रूपमा भरिँदा जलसतह १,५३० मिटर पुगेको थियो। त्यसबेला बाँधको सुरक्षा सुनिश्चित गर्न दुई ढोका खोल्नुपरेको थियो, जसका कारण तल्लो क्षेत्रमा दुर्घटना समेत भएको थियो।

कुलेखानी जलविद्युत् आयोजना प्रमुख तारादत्त भट्टका अनुसार, हाल सुक्खायामको समयमा आवश्यकतानुसार मात्र विद्युत् उत्पादन भइरहेको छ। “अहिले केन्द्र चलाउने उपयुक्त समय हो, तर हामी आवश्यक परेको बेला मात्र सञ्चालन गरिरहेका छौं,” उनले बताए।

मनसुन सुरु भइसकेको र वर्षा सुरु भएकाले अब जलाशय पुनः भरिने अपेक्षा गरिएको छ।

कुलेखानी आयोजना मुख्यतया सुक्खा र गर्मीयाममा विद्युत् आपूर्ति सन्तुलनमा राख्न र भोल्टेज नियन्त्रणका लागि प्रयोग गरिन्छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा, कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुन्छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *