• जेष्ठ २६, २०८२
  • No Comment
  • 208

सुर्खेतमा ८५ हजार बढीको अवैध फेन्सी कपडा बरामद

सुर्खेत। प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर- ५  बबइ चेकपोष्टबाट बिल भरपाई बिना ल्याउँदै गरेको ठूलो परिमाणको अवैध फेन्सी कपडा बरामद गरेको छ। नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको यात्रुवाहक बसबाट करिब ८६ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, मंगलबार दिउँसो करिब ३:३० बजेको समयमा भेरीगंगा नगरपालिका-५ स्थित बबइ चेकपोष्टमा खटिएको प्रहरी टोलीले नियमित जाँच गर्ने क्रममा कर्णाली प्रदेश ०२-००१ ख ०८६५ नम्बरको बसलाई रोकेर खानतलासी गरेको थियो। सोही क्रममा बसमा लुकाई छिपाई ल्याइएका उक्त कपडाहरू फेला परेको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा ६६ हजार रुपैयाँ मूल्य बराबरका ३३ थान लेडिज जिन्स पाइन्ट, ९ हजार रुपैयाँका ६ थान लेडिज पाइन्ट-सर्ट, ६ हजार रुपैयाँका ६ थान लेडिज ट्राउजर र ४ हजार ८ सय रुपैयाँ बराबरका ४ थान स्कर्ट तथा कट्टु रहेका छन्।

बरामद गरिएका सम्पूर्ण कपडाको जम्मा अनुमानित मूल्य ८५ हजार ८ सय रुपैयाँ रहेको छ। उक्त सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *