• जेष्ठ २६, २०८२
  • No Comment
  • 162

सुर्खेतमा ८५ हजार बढीको अवैध फेन्सी कपडा बरामद

सुर्खेत। प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर- ५  बबइ चेकपोष्टबाट बिल भरपाई बिना ल्याउँदै गरेको ठूलो परिमाणको अवैध फेन्सी कपडा बरामद गरेको छ। नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको यात्रुवाहक बसबाट करिब ८६ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, मंगलबार दिउँसो करिब ३:३० बजेको समयमा भेरीगंगा नगरपालिका-५ स्थित बबइ चेकपोष्टमा खटिएको प्रहरी टोलीले नियमित जाँच गर्ने क्रममा कर्णाली प्रदेश ०२-००१ ख ०८६५ नम्बरको बसलाई रोकेर खानतलासी गरेको थियो। सोही क्रममा बसमा लुकाई छिपाई ल्याइएका उक्त कपडाहरू फेला परेको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा ६६ हजार रुपैयाँ मूल्य बराबरका ३३ थान लेडिज जिन्स पाइन्ट, ९ हजार रुपैयाँका ६ थान लेडिज पाइन्ट-सर्ट, ६ हजार रुपैयाँका ६ थान लेडिज ट्राउजर र ४ हजार ८ सय रुपैयाँ बराबरका ४ थान स्कर्ट तथा कट्टु रहेका छन्।

बरामद गरिएका सम्पूर्ण कपडाको जम्मा अनुमानित मूल्य ८५ हजार ८ सय रुपैयाँ रहेको छ। उक्त सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *