• जेष्ठ २६, २०८२
  • No Comment
  • 98

उता विधेयक पेस, यता कालोपट्टी जारी

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे डाकिएको छ विपक्षी दलहरुको अवरोधका कारण निरन्तर स्थगित बैठक आज पनि सुचारु हुने सम्भावना कम छ ।

सभामुखबाट बैठक सुचारु गराउने प्रयास जारी छ । तर, विपक्षी दलहरु गृहमन्त्रीको राजीनामाबाट पछाडि हटेर भिजिट भिसा प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने मागमा अडिग देखिन्छन् । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची राखिएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आगामी आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची राखिएको छ । तर, निजामती कर्मचारीहरुले विधेयक कर्मचारीमैत्री नभएको आरोप लगाउँदै गर्दै आएको विरोध कार्यक्रमलाई आज पनि जारी राखेका छन् । उनीहरुले शुक्रबारसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहान दुई घण्टा धर्ना दिएका थिए । हिजोदेखि देशव्यापी रुपमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *