• जेष्ठ २६, २०८२
  • No Comment
  • 63

उता विधेयक पेस, यता कालोपट्टी जारी

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे डाकिएको छ विपक्षी दलहरुको अवरोधका कारण निरन्तर स्थगित बैठक आज पनि सुचारु हुने सम्भावना कम छ ।

सभामुखबाट बैठक सुचारु गराउने प्रयास जारी छ । तर, विपक्षी दलहरु गृहमन्त्रीको राजीनामाबाट पछाडि हटेर भिजिट भिसा प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने मागमा अडिग देखिन्छन् । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची राखिएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आगामी आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची राखिएको छ । तर, निजामती कर्मचारीहरुले विधेयक कर्मचारीमैत्री नभएको आरोप लगाउँदै गर्दै आएको विरोध कार्यक्रमलाई आज पनि जारी राखेका छन् । उनीहरुले शुक्रबारसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहान दुई घण्टा धर्ना दिएका थिए । हिजोदेखि देशव्यापी रुपमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *